भुमेदह माबि गोखुङ्गका कक्षा १० का बिद्यार्थीलाई बिदाइ

Posted on: 21 Mar, 2018

चैत्र ७ (सास) अर्घाखाँची | भुमेदह माबि मालारानी ९ गोखुङ्गामा कक्षा ९ का विद्यार्थीद्वारा कक्षा १० का बिद्यार्थीलाई बिदाइ तथा शुभकामना आदान प्रदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । 

कार्यक्रम बि.ब्य स अध्यक्ष घनश्याम खनालको प्रमुख आतिथ्यता, बिधालयका प्रअ भुपेन्द्र थापाको अध्यक्षता ,चुरा बहादुर चौहानको सन्चालन र शिक्षक कमल खनालको स्वागत मनतब्यमा सम्पन्न भएको हो । कार्यक्रममा एसईइ परीक्षा २०७४ मा सहभागि हुने कक्षा १० का सम्पूर्ण विद्यार्थीलाई अबिर माला र डाएरी  कलम उपहार दिई बिदाइ गरिएको थियो । शिक्षक नारायण प्रसाद भुसालको बधाई तथा बिधाई मनतब्य सहित कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गित नृत्य र कबिता बाचन समेत प्रस्तुत गरिएको शिक्षक नारायण प्रसाद भुसालले खबर पठाउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!