सार्वजनिक शौचालय अभावका कारण सर्वसाधारण खुलामा दिसा–पिसाब गर्न बाध्य

Posted on: 21 Mar, 2018

सुरेन्द्र सिंह | चैत ७, जनकपुरधाम । जनकपुरमा सार्वजनिक शौचालय अभावका कारण सर्वसाधारणहरु खुलामा दिसा–पिसाब गर्न बाध्य भएका छन् ।  बिभिन्न ठाउँहरु बाट जनकपुर आउने सर्वसाधारण सार्वजनिक शौचालय नदेखे पछि खुला ठाउँहरुमा दिशा पिसाब  गरिरहेका देखिन्छन् । विशेषगरी सडक व्यापारी र महिलाहरू यसको मारमा परेका छन् । जनकपुरमा सर्वसाधारण देखिने ठाउँमा एक मात्र शौचालय पिरारी चौक स्थित पोखरी डीलमा रहेको थियो तर बाटो निर्माणको कार्य भइरहेको हुनाले जनकपुरमा रहेको सर्वसाधारण देखिने एक मात्र शौचालय समेत भत्काएको छ ।

 फरक फरक ठाउँहरुबाट जनकपुरमा  आएको बिरामी ,बिरामीको कुरुवा ,व्यापारी , र सर्वसाधारणहरु सार्वजनिक शौचालय नभेटे पछि दिशा पिसाब चेपेर बस्नु परेका  महोत्तरीबाट अस्पतालमा आएको मनिष महतोले गुनासो राखे । जनकपुरको अंचल अस्पतालमा आएको बिरामी र बिरामीको कुरूवा अंचल अस्पतालको शौचालय राम्रो नभएको कारणले बारहविग्हामा दिशा पिसाब गरेको पाइन्छ । र जानकी मन्दिरमा पुजा पाठ गर्न आएको हजारौ साधुसन्त तथा श्रद्धालुहरु सार्वजनिक शौचालय नदेखे पछि जानकी मन्दिरको उत्तरपट्टि रहेको गाडी पार्किङ गर्ने ठाउँमा दिसा–पिसाब गरेको पाइन्छ  ।

जनकपुरभित्रका सरकारी विद्यालय , सरकारी अस्पताल  र क्याम्पसका शौचालय पनि उत्तिकै फोहोर छन् । पानी नहुनु, ढोकामा चुक्कुल नहुनुका कारण बिरामी ,  बिरामीको कुरूवा र विद्यार्थीहरूले छुट्टै समस्या भोगिरहनुपरेको छ ।

शौचालय नभेटेर या दुर्गन्धित ठाउँमा जान नचाहेर दिसा–पिसाब रोकेर हिँड्ने गरेको सर्वसाधारण सुनाउँछन् । वरिष्ठ मृगौला विशेषज्ञ डा. पुकार श्रेष्ठ भन्छन्, ‘पिसाब रोक्दा यसले मृगौलामा धक्का दिन्छ, लामो समयसम्म यस्तो गरेमा पिसाब फर्किएर मृगौला फेल नै हुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!