सेनाद्धारा डोल्पाको एक बिद्यालयमा मन्दिर निर्माण

Posted on: 21 Mar, 2018

टेकबहादुर शाही/चैत्र ७, डोल्पा । डोल्पाको दुनैमा रहेको सरस्वती माविमा सरस्वती माताको मन्दिरको अनावरण भएको छ । सरस्वती माध्यामिक विद्यालय, सुरक्षा गुल्म सेमु दुनै,कालीदत्त गुल्म सुलिगार्डको संयुक्त प्रयासमा सरस्वती माताको मन्दीर निर्माण गरेको नेपाली सेनाले जानकारी दिएको छ । 


मन्दिर नेपाली सेनाका बाहिनी पति सहायक रथी कुमार लामाद्धारा मुर्ती राखी पुजा गरी अनाबरण गरिएको थियो । पौष ७ गते शिलन्यास गरिएको मन्दीर २ महिनामा सम्पन्न गरिएको सुरक्षा वेस क्याम्प सेमु दुनैले जनाएको छ ।

९६ के जीको सरस्वती माता को मुर्ती राखी मन्दीरमा पुजा गर्ने गरिएको छ । नेपाली सेना दिन रात खटेर यो हिउदको चिसोमा पनि काम गरेर निमार्ण भएको र अब यसको रेख देख सरसफाईमा विद्यालयले ध्यान दिनु पर्ने सडक निमार्ण कार्यदलका प्रमुख सेनानी विश्व बन्धु पाहाडीले सुझाब दिए ।


विद्यालयको नाम सरस्वती भएता पनि सरस्वती माताको मन्दिर नभएको र पहिलेबाट शिक्षक विद्यार्थीहरुले विद्यालयको कक्षाकोठाको पर्खालमा सामान्य माटो को सरस्वती को चित्र बनाएर चित्रलाई पुजाआजा गर्दै आएको कक्षा १० मा अध्यानरत रेसम मल्ले बताए । 

कार्यक्रममा प्रमख जिल्ला अधिकारी भुपेन्द्र थापाले नेपाली सेनाले विभिन्न समयमा परि आएको बिपदमा ठुलो अतुलनिय सहयोग गर्देै आएको र यस विद्यालयमा पनि सरस्वतीको मन्दिर बनाएर ठुलो उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका थिए । नेपाली सेना सुरक्षा सेमु दुनै र कालीदतत्त गुल्म लाई मन्दिर निर्माण गरीदिएको मा शिक्षक दिद्यार्थीहरुले खुसी हुदैँ धन्यबाद दिएका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!