बराह अग्निपीडितलाई राहात उपलब्ध गराइने

Posted on: 22 Mar, 2018

चैत ८, इनरुवा | सुनसरीको बराह नगरपालिका–११ का अग्निपीडितलाई सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राहतस्वरुपरु २५ लाख बराबरको सहयोग उपलब्ध गराउने जानकारी दिनुभएको छ । 

पीडित परिवारको आवश्यकताका आधारमा जिल्ला दैवी प्रकोप उद्धार समितिको निर्णयपश्चात् सो रकम उपलब्ध गराउने बताउनुभयो । 

आगलागी क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएका कार्कीले राहत वितरण जारी रहे पनि प्रभावकारी नदेखिएकाले व्यवस्थित र उचित राहतका लागि सरकारसँग माग गर्ने जानकारी दिंदै पीडित परिवारका लागि भाँडाकुँडासहित चामल वितरण गर्नुभएको थियो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!