सप्तरीमा आगलागी हुदा १० लाख बराबरको धनमाल जलेर नष्ट

Posted on: 23 Mar, 2018

चैत ९, राजविराज | सप्तरीको खडक नगरपालिका–२ मा आज आगलागी हँुदा रु १० भन्दा बढी मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । 

स्थानीय भुवनेश्वर मण्डलको घरमा बालेको घुरबाट अचानक सल्केको आगोले निजको दुईवटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो गुहाली(गाईगोठ)मा बाँधिएको चारवटा गोरु, दुईवटा बाख्रा तीनबटा, खसी र एउटा भँैसी जलेर मरेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । 

त्यस्तै छिमेकी कपिलेश्वर मण्डलको पनि एउटा कच्ची घर र एउटा गुहाली घर जलेको छ । सो घरभित्र बाँधिएको दुईवटा गोरु, एकवटा भौँसी जलेको प्रहरीले जनाएको छ । 

सो आगालीबाट खाद्यान्न, अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद गरी करिब रु १० लाख मूल्यबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगोलाई स्थानीयवासी र राजविराजबाट गएको बारुणयन्त्रले निभाएको थियो ।रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!