सिराहामा बम बिस्फोट (फोटोफिचर)

Posted on: 23 Mar, 2018

राम नारायण पंडित/चैत ९, सिरहा । सिरहाको लहानमा शक्तिशाली बम बिस्फोट भएको छ । लहान बजार  स्थित विकास ट्रेडर्स सुनचाँदी पसलमा शक्तिशाली बम बिस्फोट भएको छ । 


सुनचाँदीको लागि अति ब्यस्त ब्यापारीक बजार मानिने लहान नगरपालिका ७ दुर्गा मन्दिर नजिक रहेको विकास ट्रेडर्स सुनचाँदी पसलमा बम बिस्फोट भएको छ । आज दिउँसो करिब एक बजे भएको उक्त बिस्फोटमा परि एक बालक सहित ८ जना घाइते भएका छन् । पसलमा अपरिचित व्यक्तिले सामान सहितको झोला राख्न दिएको र उक्त झोलामा रहेको सामान केहीछिन पछि विष्फोट भएको पसलका संचालक विकास सारडाले बताए । विष्फोटको कारणले पसलमा लाखौको क्षति भएको अनुमान गरिएको छ । प्रहरी सो बम ‘टाइम बम’ हुन सक्ने आशंका गरेको छ ।

बिस्फोटमा परी विकास शारडा, राहुल शारडा, अस्मिता चौधरी, बिनिता चौधरी घाइते भएका छन् । त्यसैगरी मझौरा घर भएका ग्राहक सिकिन्द्र यादवका ७ वर्षीय छोरा सतिस यादब र पत्नी देव कुमारी यादब, माधोपुरका बबिता यादब र सप्तरी सुरुङ्गा नगरपालिका ६ का मोनिका देवी राम घाइते भएका छन् । घाइतेहरुको लहान स्थित राम कुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा उपचार भईरहेको छ । घटनाको सम्बन्धमा अनुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

बिस्फोट कसले र किन गराएको भन्ने खुल्न सकेको छैन । विस्फोटपछि घटना स्थलमा प्रहरीको बाक्लो उपस्थिती रहेको छ भने लहानको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।





यस बिषयमा तपाइको प्रतिक्रिया...!