मन्थली क्याम्पसमा निशुल्क रक्त समूह परीक्षण (फोटो फिचर)

Posted on: 23 Mar, 2018

चैत्र ९, रामेछाप 

रामेछापको मन्थलीस्थित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा शुक्रबार निशुल्क रक्त समूह परीक्षण गरिएको छ ।  क्याम्पसमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको रक्त परीक्षण कार्यक्रममा १ सय ९६ जना विद्यार्थीले रगतको समूह परीक्षण गराएका छन् । आकस्मिक रगतको आवश्यकता पर्न सक्ने र कसको रगत कुन समूहको हो भन्ने थाहा नहुँदा रगत आबश्यक भएको व्यक्तिले रगत पाउन नसक्ने अबस्थाको अन्त्य गर्न भन्दै स्ववियुले रक्त समूह परीक्षण कार्यक्रमको आयोजना गरेको हो । 


प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीको सहयोगमा रक्त समूह परीक्षण कार्यक्रम सफल भएको मन्थली क्याम्पसका स्ववियु सचिव विमल पौडेलले जानकारी दिए । कार्यक्रममा स्ववियु सभापति कपिल मगर, मन्थली क्याम्पसका क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र वियोगी लगायतको उपस्थिती थियो ।

- समाचार निरोजकुमार थापाको सहयोगमा 

केहि तस्विरहरु... 



यस बिषयमा तपाइको प्रतिक्रिया...!