खत्याड गाउँपालीकामा नि शुल्क आँखा शिविर हुने

Posted on: 24 Mar, 2018

नन्द बहादुर रोकाया | चैत १०, मुगु | मुगु जिल्लाको पश्चिम भेगकमा पर्ने खत्याड गाउँपालीकामा नि शुल्क आँखा शिविर हुने भएको छ । आगामि चैत २३ गते देखि २५ गते सम्म खत्याड गाउँपालीकाको श्री लोक प्रिय उ.मा.वि. गम्थाामा आँखा शिविर हुने भएको हो । 

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मुगु र उपशाखा सुकाढीको आयोजनामा तथा हिमालय आँखा अस्पातल पोखाराको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुने आयोजक स्रोतले जनाएको छ । शिविर तीन दिनसम्म सञ्चालन हुने र मोतिया विन्दुको शल्यक्रिृया समेत गरीने नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मुगुका सभापती एवंम केन्द्रीय सदस्य  तिलक बहादुर मल्लले जानकारी दिनुभयो । 

मुगु जिल्लाका जनतालाई स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न एवं जिल्लाबाट बाहिर उपचार गर्न जान नसक्नेहरुलाई लक्षित गरी शिविर सञ्चालन गर्न लागिएको सभापती मल्लको भनाई छ । हिमाली आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा मुगुमा २१ बर्षदेखि हरेक बर्ष मोतिया विन्दु शल्यक्रिया सहितको निशुल्क आँखा शिविर सञ्चालन हुदै आएको छ । 

मोतिबिन्दु सम्बन्धि निशुल्क शल्यक्रिया शिविरमा मुगु जिल्ला लगायत छिमेकी जिल्ला हुम्ला र बाजुरा जुम्ला जिल्लाका नजिक आसपासका नागरिकलार्ई उपचारमा सहभागी गराउने लक्ष्य लिइएको मल्लले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!