बुटवलमा वसको ठक्करबाट एकको मृत्यु, शव पहिचान हुन सकेन

Posted on: 24 Mar, 2018

प्रेम सुनार | चैत १०, गुल्मी | आज विहान बुटवल उपमहानरपालिका भित्र वसको ठक्करबाट एक जनाको घटना स्थल मै मृत्यु भएको छ । 

वुटवल ईलाका प्रहरी कार्यालयले सम्प्रेषण गरेको सुचना अनुसार आज विहान करिव साढे ६  वजेको समयमा पश्चिम तर्फबाट पुर्व तर्फ जाँदै गरेको ना ४ ख ४३४३ नम्वरको वसले सो उपमहानगर १२ नयाँगाउँस्थि महेन्द्र राजमार्गको एक जना वटुवा पुरुषलाई ठक्कर दिदा उनको घटना स्थलमै ज्यान गएको हो । 

प्रहररीले पठाएको विवरण अनुसार पहिचान हुन नसकेको शवको विवरण यस प्रकार रहेको छ । 

- मृतक शव लुम्बिनी अञ्चल अस्पतालको शव गृहमा रहेको   । 

- उचाई ५ फिट ५ ईन्च 

- गोलो अनुहार, बर्ण गहु गोरी, कालो कलर भएको 

- सेतो रङ्गको भेष्ट, हल्का रातो सर्ट,निलो जिन्स पाईन्ट,कालो पेटी, खैरो पेन्टी लगाएको 

- अन्दाजी ३७/४० को पुरुष मानिस, पेट र छातीमा दुविको जस्तो टाटु भएको, मानसिक रुपमा कम्जोर । 

- टाउकोमा चोट भएको 

यस बिषयमा तपाइको प्रतिक्रिया...!