अछाममा पनि रागा बोकाको बली चढाई चैते दशै मनाइयो

Posted on: 25 Mar, 2018

कमल रावल/अछाम ११, चैत | राम नवमी चैते दशै अवसरमा अछामका अधिकांश स्थानमा शनिबार मनाईएको छ । कतिपय स्थानमा आज पनी मनाईने भएको छ ।


अछाम जिल्लामा चैते दशैको ठुलो महत्व रहेको छ । हिन्दु परम्परा अनुसार माता कालिका, मगलाकाली लगाएत थुप्रै मन्दिरमा देबिको नाममा रागा बोकाको बलि चढाउने गरिन्छ । बिशेष गरि मगलसेन नगरपालिकाको जुपु र वलिगाउमा यो दशैको महत्व हुने गर्दछ । 

जुपुको दशै मेलामा ठुला ठुला रागाको बलि चढाईने गरिन्छ । जुपुको कालिका मन्दिरका देवताले आफनो मनोकाक्षा पुरा गर्ने भन्दै सो क्षेत्रका श्रदालु भक्तजनले बलि चढाउने गर्दछन । कालिका, दर्ना, कालागाउ, बान्नातोलि, जुपु, वलिगाउ, मगलसेनका भक्तजनले रागा कबूलने गर्ने गर्दछन । यो बर्षपनि ३० भन्दा बढि रागाको बलि चढाईको मेला ब्याबस्थापन समिती सयोजक नेत्र बहादुर रावलले जानकारी दिनु भयो । उता अछामको मार्कु सान्नीकोट मदिरमा पनी एक दर्जन बढ्ी रागा बोकाको बली चढार्ईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!