सुर्खेत इँटा भट्टामा पुरिएर मजदुरको मृत्यु

Posted on: 26 Mar, 2018

चैत १२, सुर्खेत | इँटा भट्टामा च्यापिएर सुर्खेतमा एकजनाको मृत्यु भएको छ। सोमबार सुर्खेत वीरेन्द्रनगर९ मा रहेको सूर्य इँटा भट्टाभित्रको इँटा निकाल्न गएका बेला पर्खाल भत्किँदा मजदुरको मृत्यु भएको हो। 

मृत्यु हुनेमा भारतको बहराइच मटेरा कगर गाउँ बस्ने ४२ वर्षीय सुकइलाल तेली साह रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

दुर्घटनामा परी दुईजना घाइते भएका छन् । घाइते हुनेमा मृतक सुकइलालका २१ वर्षीय छोरा बल्लु साह तेलीको खुट्टामा चोट लागेको छ भने सोही ठाउँका ३० वर्षीय मोहम्मद आयमदको पनि खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। 

घाइतेहरूको क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!