एसइई दिँदै गरेकी छात्रा कोठामै मृत फेला

Posted on: 27 Mar, 2018

चैत्र १३ सुर्खेत। नेपाल सरकार परीक्षा नियन्त्रण कार्यालयबाट हुने अन्तिम परीक्षाको रुपमा लिईएको एसइई परीक्षाकी एक परीक्षार्थी  मृत अवस्थामा भेटिएकी छन् । सुर्खेत जिल्ला पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा उक्त परीक्षार्थी आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी हुन् ।

पञ्चपुरी नगरपालिका–३ साल्कोट स्थायी घर भएकी १८ बर्षिया गौरीकला रोकाया मंगलबार विहान मृत भेटिएकी छन् । एसइई परिक्षाकाका लागि बाबियाचौरको मिन बहादुर रावलको घरमा डेरा गरी बसेकी रोकाया आफ्नै कोठामा बिभत्स अवस्थामा भेटिएकाले कसैले हत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

सोमबार साझ सामान्य तथा सकुशल अवस्थामा आफ्नै कोठामा रहेकी रोकाया विहान परीक्षा तयारीको लागि कोठाबाट नजिक्लीएपछि उठाउन कोठामा छिर्दा विभत्स अवस्थामा रोकाया मृत भेटिएकी घरधनीले बताएका छन् । सूर्यप्रकाश मावि पलैटियामा अध्ययनरत छात्रा एसइई परीक्षा केन्द्र रहेको विद्या ज्योति मावि बाबियाचौरमा परीक्षा दिदै आइरहेकी थिईन । 

मृत छात्राको  शरीरमा चोट र निल डामहरु देखिएको र वीभत्स अवस्थामा मृत भेटिएका ले हत्या भएको हन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्याम प्रसाद चौधरीले जानकारी दिएका छन् । उक्त घटनाको छानविन भैरहेको र मृतक छात्राको पोष्टमाटमका लागि क्षेत्रिय अस्पताल कालागाउ सुर्खेतमा ल्याइएको भन्दै उक्त घटनाबारे प्रहरी नायव उपरीक्षक चौधरीले जानकारी दिएका हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!