सामुदायिक स्वास्थ्य इकाई संचालनमा आएपछि स्थानिय हर्षित

Posted on: 28 Mar, 2018

जितेन्द्र भण्डारी/चैत्र १४,पाँचथर | पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ३ मा सामुदायिक स्वास्थ्य इकाइको हिजो उद्घाटन गरिएको छ । स्वास्थ्य इकाइको प्रतिनिधी सभा सदस्य वशन्त कुमार नेम्बाङले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा वोल्दै सांसद नेम्बाङले यस स्वास्थ्य इकाई बाट घरदैलौमै नागरिकले सेवा सुविधा पाएको भन्दै यस स्वास्थ्य इकाईलाई अघि वढाउन स्थानियको महत्पूर्ण भूमिका हुने बताउँदै यसका लागि राज्यले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा हिलिहाङ गाउँपालिका प्रमुख भुवानी प्रसाद लिङदेनले यस स्वास्थ्य इकाईलाई अघि बढाउन गाउँपालिकाले पनि आवश्यक सरसहयोग गर्दे जाने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टार्जन कुमार लिम्बू,वडा नम्बर १ का वडा अध्यक्ष गोपीकृष्ण भण्डारी २ नम्बर वडाका वडाअध्यक्ष भिम प्रसाद हेम्ब्या,वडा नम्बर ३ का वडा अध्यक्ष मदन गौतम, नेकपा एमालेका हिलिहाङ गाउँपालिका इन्चार्ज भवानी प्रसाद लिङदेन,प्राथामिक स्वास्थ्य केन्द्र गोपेटारका प्रमुख किरण पाण्डे लगायतले बोल्नुभएको थियो । श्री प्रसाद सिगुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा नम्बर १ का सचिव सुरेन्द्र भण्डारीले गर्नुभएको थियो ।

यस स्वास्थ्य इकाइमा अहिले अहेब र अनमी गरी २ जनाले काम गर्दे आएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!