कालापानी क्षेत्रको सडकमा काम गर्ने नेपालीको मृत्यु

Posted on: 28 Mar, 2018

लोकेन्द्र प्रशाद जोशी | चैत १४, दार्चुला । भारतको कालापानी क्षेत्रमा सडक निर्माणको क्रममा डोजर दुर्घटना हुँदा एक जना नेपाली चालकको मृत्यु भएको छ । पिथौरागढ जिल्लाको नजाङ क्षेत्रमा सडक खन्ने क्रममा डोजर खस्दा व्यास गाउँपालिका ४ डोकट घर भएका २५ वर्षीय त्रिलोक विष्टको मृत्यु भएको हो ।

मंगलबार बेलुकी डोजर खसेर उनी घाइते भएका थिए । बिष्टको पिथौरागढ अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

नजाङ क्षेत्रमा भारतले अहिले नेपाल क्षेत्रबाट डोजर ढुवानीगरेर सडक निर्माण गरिरहेको हो । भारतले कालापानी क्षेत्रसम्म सडक निर्माण गरिरहेको छ । सो क्षेत्रको सडकमा काम गर्ने अधिकांश नेपाली मजदुर रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!