धुलिखेलमा एक पुरुषको शव फेला

Posted on: 29 Mar, 2018

चैत १५, धुलिखेल | काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–१२ शंखुस्थित जंगलमा आज एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार आज बिहान वडा नं १२ स्थित पिप्लेतइजे भन्ने जंगलमा घाँस काट्न गएका महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेको र सो ठाउँमा प्रहरीको टोली पुगेर शवलाई परीक्षणका लागि अस्पताल लगिएको छ । “शवको प्रकृति हेर्दा करिब एक हप्ता जति अगाडिको जस्तो देखिन्छ” प्रहरी निरीक्षक शाहले भन्नुभयो, “अन्दाजी ६०÷६५ वर्षको पुरुषको शवलाई बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।” 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!