अर्घाखाँची: सामुदायिक वनमा आगो लाग्यो

Posted on: 29 Mar, 2018

चैत्र १५, अर्घाखाँची | अर्घाखाँची जिल्लाको भुमीकास्थान नगरपालिका नुवाकोटमा रहेको घोराखरी सामुदायिक वनमा आगोलागी भएको छ ।

बिहान ३ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । स्थानीयहरु आगो नियन्त्रणमा लागि परेपनी आगो नियन्त्रणमा आउन सकेको छैन । केही समय पहिला जिल्ला प्रहरी कार्यलयमा सम्पर्क गरेपनि अझै टोली सोही ठाउँमा पुग्न नसकेको स्थानीयको भनाइ छ । 

आगो बस्तीमा आउन लागेकाले स्थानीय त्रसित भएको त्यहाबाट दिपक आचार्यले जानकारी दिनुभएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!