गुल्मी: छुवाछुत विवेद र कुटपिट गर्नेहरुलाई जरिवाना

Posted on: 30 Mar, 2018

प्रेम सुनार/चैत्र १६, गुल्मी। केहि महिना अघि साविकको बडागाउँ गाविसको हलोगाडेमा पसलमा  खाना खाएको  भाँडा नमाझेको भन्दै स्थानिय एक दलितलाई निर्घात कुटपिट गर्ने उक्त पसलेलाई जिल्ला अदालत गुल्मीले छुवाछुत र कुटपिट विरुद्ध जरीवान गराएको छ ।

२०७४ साल असार २४ गतेका दिन हालको मुसिकोट नगरपालिका वडा नम्वर ४ बडागाउँ हलोगाडेका शोभा कार्कीको पसलमा मदिरा सेवन गरेको गिलास नमाझको र भान्छा कोठामा रहेका भाँडा छुएको आवेशमा आई स्थानिय कर्णबहादुर सार्कीलाई  पसले कार्की र उनका छोरा कृष्ण कार्कीले मरणाशन्य हुने गरी निर्घात कुटपिट गरेक थिए ।त्यस विरुद्ध पिडितले जिल्ला अदालतमा छुवाछुत र कुटपिट विरुद्ध मुद्धा दायर गरेका थिए । सोही अनुरुपम  जिल्ला न्यायधिश रामप्रसाद न्यौपानेको ईजालसले कार्कीद्धयलाई प्रतिव्यक्ति २ हजार ५ सयका दरले जरीवाना, २५ हजार पिडितलाई क्षतिपुर्ति र १० हजार उपचार खर्च अशुलीको फैसला गरेको श्रेतेदार दुर्गाप्रसाद बस्यालले जानकारी दिए ।

उक्त घटनाका विषयमा नेपाल राष्ट्रिय दलित आयोगको समेत गम्भीर ध्यानकृष्ट भएको थियो । आयोगको एक टोली आएर स्थानिय स्तरमा पुगेर घटनाबारे जानकारी लिनुका साथै यहाँको प्रशासनलाई पिडकलाई कार्वाहीका लागि दवाव समेत दिएको थियो ।

स्थानिय स्तरमा यस घटना विरुद्ध  नेपाल उत्पिडित जातिय मुक्ति समाजका केन्द्रिय सदस्य कृष्ण  सुनार , नेपाल राष्ट्रिय मुक्तिमोर्चाका जिल्ला अध्यक्ष धर्म बिश्वकर्मा , नेपाल दलित संघका अध्यक्ष झविन्द्र बिक, अधिकारकर्मी कमला बराल लगातले  अगुवाई  गरेका  थिए । तस्वीरः त्यति वेला निर्घात कुटपिटबाट घाईते भएका उनै पिडित कर्णबहादुर सार्की


यस बिषयमा तपाइको प्रतिक्रिया...!