६ वर्षिया छोरी वलात्कार गर्ने वावु २२ वर्ष जेल चलान

Posted on: 30 Mar, 2018

प्रेम सुनार | चैत १६, गुल्मी । सुन्दा पनि हरकोहीको शरिर नै जिरिङ्ग गर्ने गुल्मीमा आफ्नै ६ वर्षिया छोरी वलात्कार गर्ने एक वावुलाई जिल्ला अदालत गुल्मीले २२ वर्ष जेल चलानको फैसाला गरेको छ ।

२०७४ सनल जेठ ९ गते गुल्मीको सत्वती गाउँपालिको ३८ वर्षिय  रावण नाम परिवर्तनले ६ वर्षिया छोरी ‘४६ ख’ नाम परिवर्तनलाई वलात्कार गरेको भन्दै उनकी आमाले जाहेरी दिएकी थिईन् ।

सोही अनुरुपम निजले छोरी वलात्कार गरेको ठहर गर्दै जिल्ला न्यायधिश रामप्रसाद न्यौपानेको ईजालासले निजलाई २२ वर्ष कारागार कैद सजाएँ र पिडित वालिकालाई २५ हजार क्षतिपुर्ति  पिडिक वावुबाट दिलाउने फैसाला गरेको सो अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले जानकारी दिए ।

आम वलात्कारिलाई २०  वर्ष कैद सजाएँको व्यवस्था छ श्रेस्तेदार बस्यालले भने छोरी जस्तो हाडनातामा वलत्कार भएकोले निजलाई २ वर्ष थप सजाएँ गरी २२ वर्ष तोकिएको हो । पछिल्लो चरण गुल्मीमा अर्की ६ वर्षिया वालिका वलात्कार र अर्को डरलाग्दो आफ्नै दाजुले वहिनी वलात्कारको घटनाले  देशैभर सनसनी फैलिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!