धनकुटा प्रतिभा पुरस्कार कोषबाट पुरस्कार–सम्मान

Posted on: 31 Mar, 2018

चैत १७, धनकुटा (रासस) । धनकुटा प्रतिभा पुरसकार कोष–०७४ बाट शुक्रबारका विभिन्न विधाका दुई जना सम्मानित र दुई जना पुरस्कृत हुनुभएको छ । 

सम्मानित हुनेमा धनकुटा – ६ का कवि तथा संस्कृतिविद् तुलसी दिवस र धनकुटा–७ का पत्रकार सञ्जयसन्तोषी राई हुनुहुन्छ । यसै गरी लोकसंस्कृतिको विकासमा योगदान गरेवापत साँगुरीगढी गाउँपालिका डाँडाबजारका तुलसी पराजुली र खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नाम कमाउन सफल तेकान्दो खेलाडी सुनिता तामाङलाई पुरस्कृत गरिएको छ । । कोषका अध्यक्ष जेपी भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्वलाई सम्मानपत्रसहित रु १५ हजार र पुरस्कृत व्यक्तित्वलाई प्रमाणपत्रसहित रु १५हजार प्रदान गरियो । 

धनकुटाका प्रतिभाहरुलाई प्रोत्साहन गर्न २०६४ सालमा स्थापित कोषबाट धनकुटामा जन्मेर विभिन्न क्षेत्रका प्रतिभालाई हरेक वर्ष सम्मान गरिँदैआएको कोषको बेलायत शाखाका अध्यक्ष पूर्ण लिम्बूले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!