दुहुको गाउँसभा १३ ओटा निर्णय गर्दै सम्पन्न, केन्द्र हिकिलाको सिलिङचौरा हुने

Posted on: 01 Apr, 2018

लोकेन्द्र प्रशाद जोशी | चैत १८, दार्चुला । लगातार तिन दिनदेखी जारी दुदु गाउँपालीकाको गाउँसभा बैठकले १३ ओटा महत्तपुर्ण निर्णयहरु परीत गर्दै आइतबार सम्पन्न भएको छ । गाउँसभाले दुहु गाउँपालीका २ हिकिलाको सिलिङचौरा केन्द्र बनाउँने निर्णय गरेको छ । बिषयगत कार्यालयहरु भने धारीदेखी चल्लेगाडासम्म राख्ने निर्णयमा उल्लेख गरीएको छ ।

यस्तै बैठकले समिति सञ्चालन ऐन र सहकारी ऐन पारीत गरीएको छ भने घ बर्गका निमार्ण ब्याबसायिको इजाजत पत्र सम्बन्धी कार्यबिधि पारीत गरेको गाउँपालीका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।


यस्तै बिपत ब्यबस्थापन कोष निर्देशिका, बिद्यालयमा अभिभाबक कक्षाकोठामा शिक्षक कार्यबिधि, बजेट संसोधन गर्नुपर्ने, कृषि लगायत बिभिन्न बिषयगत कार्यालयहरुमा प्रगति कम देखीएकोले काममा सुधारगर्न बिषयगत कार्यालयका कर्मचारीहरुलाइ निर्देशन गर्ने लगायतका निर्णय गाउँसभाले गरेको छ ।

गाउँपालीका केन्द्र एकातिर र बिषयगत कार्यालय अर्कोतिर राख्ने निर्णयले जनतालाइ असुबिधा हुने भन्दै केहि आलोचनाका स्वरहरुपनि सुनिएका छन । २७ जनाको गाउँसभा सदस्यहरुमध्ये २१ जना सदस्यले उक्त निर्णयमा हस्ताक्षर गर्दै समर्थन जनाएका छन । भने बाकि केहि सदस्यहरुले बैठक नै छोडेर असहमति जनाएको गाउँपालीकाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!