कास्की समाज स्पेनले नयाँ बर्षको कार्यक्रम गर्दै

Posted on: 02 Apr, 2018


चैत्र १९ ,पोखरा |कास्की समाज स्पेनले नेपाली नयाँ बर्षको उपलक्ष्यमा शुभकामाना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी अप्रिल १६ तारिख सोमबार समाजले स्पेनबासी नेपाली समुदाय माँझ बार्सिलोनामा कार्यक्रम आयोजना गर्न लागेको  हो ।पहिलो अधिबेशनबाट निर्बा्चित नयाँ कार्यसमितिले सो अबसरमा नेपाली भित्तेपात्रो बिमोचन गर्ने भएको छ । समाजका अध्यक्ष तथा कार्यक्रम तयारी समितिका संयोजक केदारनाथ ढुंगानाले तयारी अन्तिम चरणमा पुगेको जनाएका छन् ।उनले भने,” नयाँ बर्षको भित्तेपात्रो स्पेनबासि नेपालीहरुको घरघरमा पुगोस् भन्ने चाहाना छ,संस्थागत,व्यक्तिगत तथा ब्यबसायिक बिज्ञापन दिएर सहयोग गर्नु भएको छ यसका लागि हामी आभारी छौ।”


भित्तेपात्रोको लागि झन्डै ३० बटा संस्थागत तथा व्यक्तिगत शुभकामना बिज्ञापन तथा  १८ बटा ब्यबसायिक बिज्ञापन समाबेश गरिएको समाजले जनाएको छ। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको कार्यालयमा हुने कार्यक्रममा प्रमुख अतिथिको रुपमा एनआरएनए युरोप क्षेत्रका उपसंयोजक एकराज गिरी सहभागी हुने भएका छन्।स्पेन स्थित संघ संस्थाका प्रतिनिधि लगायत स्पेन स्थित नेपाली दूताबास का प्रतिनिधहरु उपस्थित हुने समाजले जानाकारी दिएको छ । 

स्पेन बाट गोबिन्द तिमिल्सीनाको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!