अवैध सालकको खपटासहित दोलखामा एक युवा पक्राउ

Posted on: 04 Apr, 2018

ताराबहादुर महत । चैत्र २१, दोलखा । लोपन्मुख बन्यजन्तु सालकको २ केजी अवैध खपटासहित एक युवालाई दोलखा प्रहरीले मंगलबार पक्राउ गरेको छ । 


पक्राउ परेका पर्नेमा भिमेश्वर नगरपालिका वडा नम्बर ५ का ३३ बर्षिय सन्तोष पौडेल रहेका छन । जिल्ला प्रहरी कार्यालय दोलखाले बुधबार विहान पत्रकार सम्मेलनको आयोजना गरी सालकको खपटासहित घटनामा संलग्न पौडेललाई सार्वजनिक गरेको हो । 

गाउँघरमै संकलन गरेर विक्रि वितरणका लागि राजधानी लैजान लागेको भन्ने सुचना पाएपछि ग्राहक बनेर पौडेललाई भेट्न गएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो । दोलखा जिल्लामा रहेको गौरीशंकर संरक्षण क्षेत्रमा विभिन्न किसिमका लोपन्मुख बन्यजन्तु समेत पाईने भएकोले तस्करहरु सलबलाउन थालेको दोलखाका प्रहरीको भनाई छ । पक्राउ परेका पौडेललाई जिल्ला वन कार्यालयमा बुझाउने दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।


पछिल्लो समय दोलखामा लोपन्मुख बन्यजन्तुको तस्करी सम्बन्धि घटनामा बृद्धि भएपछि प्रहरी सक्रियता पनि बढ्दै गएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!