बार्षिकोत्वसमा ‘रक्तदान ’

Posted on: 04 Apr, 2018

प्रकाश बम | चैत २१, डोटी | एसियन लाइफ इन्स्योरेन्स कम्पनी दिपायल शाखाले एघारौ बर्षमा प्रबेश गरेको उपलक्ष्यमा आज रक्त दान कार्यक्रम गरेको छ । ‘रक्तदान नै जिवन दान हो’ भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाईटी डोटीशाखाको प्राबिधिक सहयोगमा शाखाले रक्तदान कार्यक्रम गरीएको हो । 

कम्पनिले हरेक बर्ष आफ्नो बार्षिकोत्वसका अवसरमा यसरी बिभिन्न कार्यक्रम गरी मनाउदै आएको शाखाका प्रबन्धक नबराज पण्डितले बताउनु  भयो ।

यस रक्तदान कार्यक्रमले रक्तसंचारको क्षेत्रमा मानव जिवनको लागि महत्वपूर्ण सहयोग पुग्ने शाखा प्रबन्धक पण्डिले बताउनु भयो । 

उक्त रक्त दान कार्यक्रममा चार जनाले रक्तदानका गर्नुृका साथै एक दर्जनले रगत परीक्षण गरेको उहाले बताउनु भयो । संकलन गरीएको रगत धेरै दिन सम्म राख्नको लागि प्रबिधि नभएकाले धेरैले रक्त दान नगरी आश्वकता अनुसार आफुहरुले दिने भन्दै आफ्नो नाम दर्ता गराएका छन् ।

कम्पनिको अहिले सम्म देश भरी चुक्ता पँुजि दुई अर्ब रहेको उहाले बताउनु भयो । त्यस्तै लगानि पँुजि एघार अर्व पच्चिस करोड रहेको छ भने  जिवन विमा कोषमा ११ अर्व ३२ करोड रहेको छ । देश भरीका ९६ वटा शाखा रहेको कम्पनिमा चारलाख ४ हजार चार सय बिमित रहेको उहाले जानकारी दिनु भयो ।

कम्पनिले आफ्ना जुन सुकै शाखाबाट भएपनि अनलाईन मार्फत ग्राहकहरुलाई सेवा दिईरहेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!