स्ववियू सभापति पक्राउको विरोधमा भौतिक पूर्वाधार मन्त्रीको गाडी तोडफोड

Posted on: 05 Apr, 2018

चैत २२, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कार्यवाहक स्ववियू सभापति पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताले कर्णाली सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री खड्क खत्रीको गाडीमा बुधबार तोडफोड गरेका छन् । स्ववियु कार्यवाहक सभापति आदित्यविक्रम शाहलाई मंगलबार प्रहरीले पक्राउ गरेको विरोधमा विद्यार्थीले मन्त्री खत्रीको बा २ झ १५६६ नम्बरको गाडीतोडफोड गरेका हुन् ।

तोडफोडबाट गाडीको अगाडि भागको सीसा फुटेको छ । गाडीमा मन्त्री खत्री नभएर सांसद् धर्म रेग्मी सवार थिए उनी सकुशल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।


विद्यार्थीहरुले विश्वविद्यालयको मूल गेटमा बुधबार विहान केही बेर प्रदर्शन गरेका छन् । विद्यार्थीहरुको प्रदर्शनमा तोडफोड हुन थालेपछि प्रहरी खटाइएको थियो । नेविसंघ सम्वद्ध विद्यार्थीहरु इन्जिनियररिङ संकायसँग सम्बन्धित विभिन्न मागहरु राखेर आन्दोलन गर्दै आएका छन्  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!