पूर्वी क्षेत्रमा वर्षा हुँदा सर्वसाधारणलाई गर्मीबाट राहत

Posted on: 05 Apr, 2018

चैत २२, विराटनगर | मौसमको परिवर्तनसँगै आज बिहान पूर्वी क्षेत्रमा वर्षा हुँदा सर्वसाधारणले राहतको अनुभूति गरिरहेका छन् । 

वर्षासँगै हावा चल्नाले शीतलताको अनुभव भइरहेको छ र खासगरी विराटनगरमा सडक तथा ढल निर्माण भइरहेको कारण धुलाम्मे रहेका सडकमा वर्षाका कारण तत्काल धुलो नउड्ने भएकाले पनि राहतको अनुभूति गरिएको हो । 

गर्मीबाट तत्काल राहतको अनुभूति भए पनि गहुँबाली भित्र्याउने बेलामा वर्षा हुँदा गहुँखेती गरेका किसानलाई सामान्य रुपमा नोक्सानीनै भएको छ । यस सम्बन्धमा कृषक रामप्रसाद यादवले काटेर राखिएका गहुँबालीलाई अब घाममा सुकाउनुपर्ने, भिजेको गहुँको स्वाद पनि फरक हुने भएकाले वर्षाले गर्दा किसानलाई नोक्सानीनै भएको बताउनुभयो । गहुँबालीलाई सामान्य क्षति भए पनि तरकारीबालीका लागि वर्षाबाट फाइदानै भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!