सिएमएस नेपालको शाखा कार्यालय चरिकोटमा

Posted on: 05 Apr, 2018

ताराबहादुर महत । चैत्र २२, दोलखा । सामुदायिक मेलमिलापकर्ता समाज (सिएमएस) नेपाल दोलखा शाखाको कार्यालय आजबाट चरिकोटमा संचालनमा आएको छ ।


सामुदायिक मेलमिलापकर्ताहरुको छाता संगठनको रुपमा रहेको सिएमएस नेपालको जिल्ला शाखा कार्यालय चरिकोट बिचबजारमा स्थापना गरिएको जिल्ला अध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दिनुभयो । मेलमिलापकर्ताहरुको हकहितमा काम गर्ने उद्धेश्यका साथ स्थापना भएको संस्थाको पहिलो जिल्ला अधिवेशन गत माघ २० गते चरिकोटमा सम्पन्न भएको थियो । सिएमएस नेपालको दोलखा शाखामा करिब एक सय पचास जना सदस्य रहेको अध्यक्ष श्रेष्ठको भनाई छ । उहाँका अनुसार मेलमिलाप परिषदको पाठ्यक्रम बमोजिम सामुदायिक मेलमिलाप सम्बन्धि कम्तीमा ४८ घण्टे तालिम लिएको व्यक्ति यस संस्थाको सदस्य बन्न पाउने प्रावधान रहेको  छ ।

द एसिया फाउण्डेसनको सहयोगमा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपालले सामुदायिक मेलमिलाप कार्यक्रम मार्फत जिल्लामा पाँच सय बढी मेलमिलापकर्ताहरु स्वयमसेवकको रुपमा काम गर्दै आईरहेको संस्थाले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!