आमाबुबा नपाल्नेलाई स्थानीय तहले सेवासुविधा नदिइने

Posted on: 07 Apr, 2018

चैत २४, बाजुरा | बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले आफ्ना आमाबुबा नपाल्ने र बुढेसकाल हुँदा बेवास्ता गर्ने नागरिकलाई नगरपालिकाबाट दिइने सेवा सुविधा रोक्ने बताउनुभएको छ । 

बडीमालिकाको नियमित कार्यक्रम महिलासँग उपप्रमुख कार्यक्रमको शुक्रबार प्रमुख बडुवालले शुरुवात गर्दै छाउपडी, लैङ्गिक हिंसा र मदिरा सेवन गरी समाज बिर्गाने क्रियाकलाप गर्नेलाई नगरपालिकाको जन्मदर्ता, सिफारिसलगायत सुविधाबाट वञ्चित गर्ने बताउनुभयो । 

नगर उपप्रमुख कविता विष्टले महिलालाई समान रुपले व्यवहार गर्दै सभ्य समाज निर्माण गर्न आग्रह गर्नुभयो । नगर प्रमुख बडुवालले जातीय विभेद्, महिला माथिहुने लैङ्गिक हिसां न्यूनीकरण गर्नका लागि पुरोहित र धामीझाँक्रीको महत्वपूर्ण भूमिका रहेको छ भन्नुभयो । 


महिलासँग उपप्रमुख कार्यक्रमले नगरपालिकाभित्र रहेका महिलालाई उद्यमशील बनाउने, महिला सशक्तिकरण र सवलीकरणका कार्यक्रमलाई प्राथमिकता प्रदान गर्ने, महिला हिंसा र लैङ्गिक असमानतालाई निरुत्साहित गर्ने, पहुँच स्थापना, समता÷समानता÷समविकास, सहकार्यत्मक वातावरण निर्माण गर्ने कार्यक्रमको उद्देश्य रहेको नगर उपप्रमुख विष्टले जानकारी दिनुभएको छ । 

महिलासँग उपप्रमुख कार्यक्रममा सहभागी धामीझाँक्री र पुरोहितलाई छाउपडी प्रथा, लैङ्गिक हिंसा र बाल विवाहमा गर्ने गराउनेलाई कानूनी प्रावधान र सजायका बारेमा सहजीकरण गरिएको बताइएको छ । 

लैङ्गिक हिंसा तथा छाउपडी गोठमुक्त अभियान सम्बन्धी एक दिने अन्तक्र्रिया कार्यक्रममा सात बुँदे प्रतिबद्धता पत्र जारी गरिएको छ । कार्यक्रममा सहभागी धामीझाँक्री र ब्राम्ह्मण महिलाले संयुक्त रुपमा हस्ताक्षर गर्दै प्रतिबद्धता जनाउनुभएको नगर प्रमुख बडूवालले बताउनुभयो । रास 

यस बिषयमा तपाइको प्रतिक्रिया...!