हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका आचार्य श्रीनिवासमाथि बिराटनगरमा गोली प्रहार

Posted on: 08 Apr, 2018

चैत २५, विराटनगर | विरानगरस्थित जतुवामा आज बिहान गोली चलेको छ । बिहान करिब तीन बजे अज्ञात समूहले चलाएको गोली लागेर हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका आचार्य श्रीनिवास गम्भीर घाइते भएका हुन् ।

घाइते भएका श्रीनिवासलाई विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ । श्रीनिवासमाथि तीन राउण्ड गोली प्रहार भएकोमा एउटा गोली उनको छातीमा लागेको प्रहरीले जनाएको छ ।

जतुवामा आइतबारदेखि सुरू हुने श्रीमद् भागवत सप्ताहको तयारी भइरहेका बेला आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको हो । केही दिनअघि रामनवमीको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाह आचार्य श्रीनिवासलाई भेट्न विराटनगरस्थित राम मन्दिर गएका थिए ।

घटनास्थलमा मंगोल नेशनल अर्गनाइजेशनको पर्चा भेटिएको छ । तस्बिरः विकास ठाकुरको फेसबुकबाट


यस बिषयमा तपाइको प्रतिक्रिया...!