सिराहामा मापदण्ड विपरीतका घरटहरा भत्काइँदै

Posted on: 08 Apr, 2018

चैत २५ लहान | मापदण्ड विपरीत सडक मिचेर सिरहाको मिर्चैया नगरपालिका क्षेत्रभित्र अव्यवस्थित रुपमा बनाइएका घरटहरा तथा पर्खाल भत्काउन शुरु गरिएको छ । 

नगरपालिकाले वडा नं ६ मटियर्वास्थित सडक फराकिलो गर्ने क्रममा सडकको दायाँबायाँ रहेका घरटहरा भत्काउन डोजर लगाउँदैछ । सार्वजनिक सूचना जारी गरिए पनि घरधनीले अटेर गरेपछि डोजर लगाएर भत्काउन शुरु गरिएको नगरपालिकाका प्रमुख श्रवण यादवले जानकारी दिनुभयो । नगरपालिकाले डोजर लगाएपछि कतिपय घरधनी आफैँले घर भत्काउन शुरु गरेका छन् । 

यसअघि सडकलाई ३६ फिट फराकिलो गर्ने नगरपालिकाले तयारी गरे पनि स्थानीयवासीले विरोध गरेपछि ३२ फिटमा सहमति भई सोहीअनुसार काम भइरहेको नगरपालिका–६ का वडाध्यक्ष देवकृष्ण साहले बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!