मोरङमा चट्याङ लागेर एकको मृत्यु

Posted on: 09 Apr, 2018

चैत २६, मोरङ | जहदा गाउँपालिका–१ मा चट्याङ लागेर आज बिहान एक वृद्धको मृत्यु भएको छ । 

खेतमा मुसा मार्दै गर्दा चट्याङ लागेर सो गाउँपालिका वडा नं ३ का ६० वर्षीय रामु मरण्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिनुभयो । 

मृतकको छातीमा चट्याङ लागेको प्रहरीको भनाइ छ । एउटा हातमा मरेको मुसा र अर्को हातमा कोदालो बोकेको अवस्थामा मरण्डीको शव फेला परेको प्रनाउ कोइरालाले जानकारी दिनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!