इलाममा आगलागीबाट १५ लाखको क्षति

Posted on: 10 Apr, 2018

चैत २७ इलाम | इलाम नगरपालिका– ९ गोलाखर्कमा आज भएको आगलागीबाट रु १५ लाख बराबरको धनमाल क्षति भएको छ । 

स्थानीयवासी यामबहादुर भण्डारीको दुईतले घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । दिउँसो घरमा कोही नभएको बेला आगलागी भएको बताइएको छ । विद्युत् चुहिएर आगलागी भएको अनुमान गरिएको छ । 

इलाम नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीद्वारा आगो लागी नियन्त्रणमा लिइएको थियो । 

आगलागीबाट भण्डारीको ढुङ्गामाटोले बनेको दुईतले घरसहित खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा र अन्य सामग्री समेत जलेर नष्ट भएको छ । घर जलेपछि भण्डारी परिवारको बिचल्लीमा भएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!