मोटरसाइकले हान्यो बालिकालाई : अवस्था गम्भीर

Posted on: 10 Apr, 2018

सास । चैत्र २७, बर्दिया ।
साँझ करिब सवा ६ बजेतिर गुलरियाबाट भादातर्फ गइरहेको नम्बर नखुलेको मोटरसाइकलले गुलरिया नगरपालिका पेट्रोल पम्म नजिक साइकलमा सवार बालिकालाई ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी छिन् ।

फुपु भतिज एउटै साइकलमा सबार भैरहेको अवस्थामा अचानक भादा तर्फबाट गइरहेको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय (कोठिया) निवासी १२ वर्षिया स्वास्तिका थारु गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ ।
बालिकाको बायाँ हात र टाउकोमा गम्भीर चोट लागेको अत्याधिक रक्तस्राबका कारण अचेत अवस्थामा रहकी छिन् ।

जिल्ला अस्पताल गुलरियामा उपचार गरिँदै रहकी बालिकाको बायाँ हात छुट्टीएको र टाउकोबाट आन्तरिक रक्तस्राब भइरहेको, अवस्था गम्भिर भएका कारणले गर्दा नेपालगञ्ज रिफर गर्न सकिने अवस्था नरहेकोले बालिकाको अवस्था सहज भएपछि मात्रै नेपालगञ्ज लैजान अनुमति प्रदान गरिने अस्पताल प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक फरार रहेकोले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!