महोत्तरी जिल्ला अदालतका १ कैदीको उपचारका क्रममा मृत्यु

Posted on: 11 Apr, 2018

चैत २८ गौशाला | कर्तव्य ज्यान मुद्दामा कारागार गृहमा बस्दै आएका एक कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । 

मृत्यु हुनेमा महोत्तरीको साबिक हरिहरपुर हरिणमरी–९ का ८० वर्षीय रामेश्वर सदा मुसहर रहेको कारागार कार्यालय महोत्तरी जलेश्वरका प्रमुख शोभेन्द्र ठाकुरले बताउनुभयो । 

कारागार कार्यालय महोत्तरी जलेश्वर

महोत्तरी जिल्ला अदालतको २०६२ साल असार १५ गतेको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकी फरार रहँदै आएका रामेश्वर सदा मुसहरलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले २०७४ साल मंसिर ८ गते पक्राउ गरी अदालतमा उपस्थित गराउँदा सोही मितिदेखि लागू हुनेगरी अदालतले उनलाई कारागार कार्यालय महोत्तरीमा कैद भुक्तानीका लागि पठाएको थियो । 

तर निज रामेश्वर सदा मुसहर कारागारमा बसेको ४ महिना २० दिनमै उनको आज बिहान करीब १० बजे जिल्ला अस्पताल जलेश्वरमा उपचारका क्रममा मृत्यु भएको प्रमुख ठाकुरले बताउनुभयो । 

पक्राउ पर्नुअघि देखि नै क्षयरोगका बिरामी रहेका रामेश्वर गत सोमबार अचानक अत्यधिक बिरामी भई उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाई आकस्मिक वार्डमा भर्ना गराई उनको उपचार भइरहेको थियो । 

परीक्षणपछि मृतक सदाको शव परिवारजनलाई बुझाउने तयारी गरिहेको कारागार प्रशासनले जनाइएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!