सिराहका ६० वर्षीय पासवान बेपत्ता

Posted on: 12 Apr, 2018

चैत २९ लहान | सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुर निवासी एक वृद्ध बुधबार बिहानदेखि बेपत्ता भएका छन् । 

आफ्नै खेतमा काम गर्न गएका ६० वर्षीय लक्ष्मण पासवान बेपत्ता भएका हुन् । बुधबार बिहान खेतमा काम गर्न जान्छु भन्दै हिँडेका पासवान अहिलेसम्म घर नफर्किएको परिवारजनले बताएका छन् । 

बेपत्ता भएका पासवानलाई परिवारका सदस्य तथा गाउँलेले खोजी गरे पनि अहिलेसम्म फेला नपरेको विष्णुपुर गाउँपालिका वडा नं १ का वडाध्यक्ष गोपेन यादवले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!