सम्धीद्धारा सम्धीनी कुटीइन्, यसरी भयो घटना...

Posted on: 12 Apr, 2018

प्रेम सुनार | चैत २९, गुल्मी |  गुल्मीको शान्तिपुरमा आफ्नै सम्धीको दादागिरीबाट सम्धीना असुरक्षित भएकी छन् । गएराती चन्द्रकोट गाउँपालिका वडा नम्वर ४ शान्तिपुर बजारकी ५३ वर्षिया एकल महिला रहेकी सम्धीना धनकुमार थापालाई  सोही वजारका सम्धी थम्मनबहादुर बुढाथोकीले हातपात गरेका छन् ।

दिनभरी माईती घर बसेर साँझ करिव ८ वजेको समयमा घर आएकी बुहारी सुमिना थापाले ढोका बन्द गरेर सुतेकी सासुलाई लात्तीले ढोका हाने खोलेको र पछि वावुलाई फोन गरेर बोलाए पछि सम्धीनालाई जगल्टाउँदै बाहिर निकालेर लात्ती मुड्कीले निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शी मायाँ रायमाझीले बताईन् ।

उनले भनिन–‘एक्लै सुतेकी एकल महिला थापालाई उनका सम्धीले कपाल जगल्टाउँदै भुँईमा ढलाएर लात्ती मुढ्कीले कुटेको हामीले नै देखेका हौं, मार्न खोजेको हो ? भनेर हामी कराउन थालेपछि छाडेर हिडेका हुन् ।’


सौ–साँझै वजारमा एकल महिला माथी हातपात हुँदा असुरिक्षत महशुस गरेका छौं ।  पिट्ने व्यक्ति शान्तिपुरका समाज सेवी हुन उनले थपिन समाज सेवीबाटै अशान्ति मच्चाउन पाईन्छ ? आज विहान शान्तिपुर प्रहरीले शान्ति कायम गर्ने प्रयास गरेको थियो ।

तर  दिउँसो घाईते थापाको त्यहाँ उपचार हुन नसकी वुटवल रिफर गरेको बताईन्छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी निरीषक डाक्टरप्रसाद चौधरी संग सम्पर्क राख्दा छलफल कै क्रममा घाईतेलाई वुटवल रिफर गरिएको जानकारी दिए ।  उपचार गरी घाईते महिला फर्किए पछि   जिल्लामा उजरी  दिएमा  कानुन अनुसार कार्वाही प्रकृया अगाडी बढाईने छ’– 

'छोरीको ज्यान जोगाउन गएको हुँ' - बुढाथोकी

कुटपिट आरोपी बुढाथोकी संग सम्पर्क राख्दा आफु सम्धीनालाई कुट्न नगएको उहाँले बुहारी अर्थात मेरी छोरीलाई गाली बेइैजती र कुटपिट गरेको थाहा पाए पछि छोरीको ज्यान  जोगाउन पुगेको जिकीर ।

उनले भने–‘छोरी माईतबाट साँझ सुत्न  घर गएकी थिईन । उहाँले तेरा वाउ आमाले खान दिएनन र ? भन्दै वाउ चकारी चकारी गाली गर्दै ढोका खोल्न मान्नु भएनछ ।  छोरीले मुस्कीलले ढोका खोलेर माथी आफ्नो तलामा जान खोज्दा उहाँले लछार पछार गर्नु भएछ, छोरीले रुँदै फोन गरेपछि म त्यहाँ पुगेको हुँ । म पुग्दा सम्धीनाले मेरी छोरीको गला अठ्याई रहनु भएको थियो । मैले छुटाएर वाहिर ल्याएको मात्र हुँ, त्यसरी कुटेको होईन । छोरी छुट्टिएर बसेकी छन् । ज्वाई विदेश हुनुन्छ ।’

सासुको सधैको कचकचले छोरी सधै पिडित छन् । उहाँले अंश समेत नदिएर ज्वाईले मुद्धा दिनु भएको छ उहाँले पनि त्यसरी अन्याय गर्न त पाईएन नि ? उनले थपे–‘ उहाँ उपचार गरेर फर्किए पछि छलफल गरेर मेलमिलापको प्रयास गरिने छ ।’


तस्वीरमा: उनै घाईते धनकुमारी थापा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!