कहिले गाई चराउन जाँदा त कहिले...! सहमतिमै भएको काम बलात्कार भयो...

Posted on: 13 Apr, 2018

प्रेम सुनार | देशका विभिन्न स्थानमा घटेका कसैकी छोरी बुहारी  बलात्कारका घटनाहरु कतिपय जघन्य प्रकारका  छन भने कतिपय सामन्य जो जवरजस्ती करणीमा दर्ज नै नहुने प्रकृतिका पनि पाईन्छ ।

भागी विवाह गरेर जाने र  एका-दुई रात सहवासको मस्ती पनि लिने, पछि परिवारजनले छोरीलाई ‘कन्भीर’ गरेर  जवरजस्ती करणीको मुद्धा दर्ता गर्दै एउटा युवाको भविश्य वर्वाद गरेका घटनाहरु पनि बढ्दै जान थालेको आभाष हुन्छ ।

कानुनतः महिला पक्षले बलात्कारको मुद्धा दर्ता गरेपछि कोहि 'चुँ' गरेर बोल्न सक्ने अवस्था छैन् । तर ब्यवहारिक पक्ष हेर्ने हो भने बढो डर लाग्दो स्थिती छ । वलात्कारका केहि घटनाको वास्तविक  गहिराईमा पुग्दा कसैले नदेखुञ्जेल दुवैको स्वीच्छिक सहवास, देख्यो भने वलात्कार बनेको  पाईन्छ ।

वलात्कार घटनामा जेलको चिसो खाईरहेका एक पुरुष र वलात्कृत एक कथित पिडित महिला विच सधैजसो गाई चराउन जाँदा कहिले जंगलमा त कहिले खेतको गरामा यौन कृयाकलाप भईनै रहन्थ्यो । टाढाबाट नियाल्नेहरुले थुईया.. नकचरा नकचरीहरु भन्दै आईरहेका थिए ।

जुन कुरा परिवारका सदस्यसम्म छताछुल्ल भयो, त्यस पछि पछ्याउन थालियो । अन्ततः परिवारका सदस्यले  रङ्गेहात फेला पारे, तव गुहार... गुहार.. भन्दै  ति छोरी चिच्चाउन थालिन् अनि स्वच्छिक सहवास बन्यो वलात्कारको घटना  ।

घटनासँग प्रतिकात्मक तश्विर 

त्यस्तै अन्तरजातिय र वालविवाहले पनि वलात्कारका घटना बढाईएको छ । विवाह गरेर कोही हप्तौं त कोही महिनौं वुटवलतिरको शहरमा गएर बस्ने यता अभिभावकहरुले छोरी, बुहारी हराएको जाहेरी दिने, पछि फेला पर्ने, आवेशमा रहेका ति अभिभावकहरुले षडयन्त्रको तानावान बुन्ने र पुरुष पात्रलाई जेल ठोक्ने गरिएको चर्चा पनि व्याप्त छन् ।

पाँच नम्वर प्रदेशको कुनै एक जिल्लाको घटना हो यो कि, पटक-पटक स्वयम् केटी पात्रले आफ्नै कोठामा बोलाएर लुकीछिपी गरिने यौनकृयाक्लावहरु वलात्कार बनेन, जव एक दिन परिवारका सदस्यले देखे तव ति प्रेमी जवरजस्ती करणीमा परे ।

महिला पात्र बच्न र बचाउनका लागि पुरुष पात्रको जिन्दगीको ख्यालै नगरी लगाईने त्यस्ता आरोपहरुले एक दिन आफ्नै भाई-छोरा पनि फस्न सक्छ भन्ने कुराको ख्याल राखौं ।

वालवालका वलात्कार घटना बृद्धि हुनुमा पारिवारिक वातवरण पनि एक रहेको छ । स–साना नानी वावुहरुलाई वावु आमाले एउटै कोठामा सुताउनु,  साथीहरु संग खेल्न जाँदा वावु आमाको त्यही अभ्यासमा जिज्ञाषु हुनुले पनि वालिका वलात्कारको घटना बढेको पाईन्छ ।

एक वालिका वलात्कार घटनाको सुरुवात यसरी भएको स्थानिय बताउँ छन् । ति वालवालिका खेल्ने क्रममा धुले घर बनाउँछन् । श्रीमान-श्रीमति बन्छन् । पाताहरुलाई थाल बनाएर खाना खाएको मञ्चन गरी सुत्ने तर्खरमा लाग्छन् । त्यसपछि वावु-आमाबाट सुत्ने क्रममा जे सिकेका थिए । त्यही अभ्यासमा लाग्छन् ।

वालिका रक्ताम्मे हुन्छिन् । अञ्जान अभ्यासमा भएको त्यस घटनाले दुवैको भविश्य वर्वाद हुन्छ । यसर्थ पनि वालवालिकालाई एउटै कोठामा सुताउने र खेल्न गएको वेलामा वेवास्ता गर्ने नगरौं ।

अर्को कुरा महिला स्वयमको अस्लील हाउभाउ पनि वलात्कार घटनाको कारक बन्न सक्छ । अर्को कुरा अपरिचीतसंग माया–प्रेमको लफडाले पनि वलात्कारको शिकार बनाउन सक्छ ।

समग्रमा तपाई छातीमा हात राखेर भन्नुस् के त्यो साँच्चीकै वलात्कार थियो ? यदि हो भने  दिनुस् मुद्धा ठोक्नुस जेल त्यस्ता अपराधीलाई हदै सम्मको सजाएँ हुन पनि जरुरी छ । तर वातवरण अनुकुल होउञ्जेल स्वच्छिक प्रतिकुल हुनासाथ वलात्कार बनाउनु हुन्छ भने जेलको सजाएँ भोग्ने त्यो पुरुषले भन्दा तपाईको आत्माले तपाईलाई नै त्यो भन्दा ठुलो सजाएँ दिलाउने छ । कृपया सत्यको मात्र लडाई लडौं, कोहीकसैसंग पिडित नहौं । जिन्दगी महिला पुरुष दुवैको एउटै हो, भन्ने सोचौं । जवरजस्ती कसैसंग नगरौं र जिन्दगीसंग खेलवाड पनि कसैसंग नगरौं । यस्ता कुरामा सवैको ध्यान जाओस्, वस................।

यस बिषयमा तपाइको प्रतिक्रिया...!