नयाँ वर्षमा मुखले शुभकामना होईन हातले विरामीलाई सहयोग

Posted on: 14 Apr, 2018

प्रेम सुनार | बैशाख–१, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा क्रियाशिल एक सामाजिक संस्थाले नयाँ बर्ष २०७५ लाई स्वागत गर्दै यसवर्षको पहिलो दिन सानो भए पनि शुभ कार्यको सुरुवातको जमर्को  गरेको छ ।

रेसुङ्गा सहयोगी संस्था , तम्घासले आज नयाँ वर्षको शव्दमा शभकामना होईन ,  व्यवाहरमा केहि काम भन्दै जिल्ला अस्पतालका विरामीलाई फलफुल वितरण गरेको हो ।

नयाँ वर्षको आज बैशाख १ गते विहानै देखि मानिसहरु औपचरिक शुभकामना आदन प्रदानमा व्यस्त भई रहेको बेला सो संस्थाको टोली हातमा फलफुल बोकेर विहानै अस्पतालमा पुगेको थियो ।


‘सहयोगी हातहरु एक हौं ’ भन्ने मुलनारा बोकोको समाजका अध्यक्ष राजु कुँवरले मानविय सहयोग र सद्भाव नै साँचो धर्म भएको बताए ।

उनले भने  –‘ मुखले हामी सहयोग , शुभेच्छा र संवेदना प्रकट गरे पनि ब्यवहारमा केहि गर्न सक्दैनौं , यसर्थ ब्यवहार मै केहि गर्नु पर्दछ भन्ने सन्देश प्रवाह नै  हाम्रो प्रयास हो । ’

कार्यक्रमको संयोजन सचिव ज्ञानराज मरासीनीले गरेका थिए । कार्यक्रममा रेसुङ्गा माविका प्रधानध्यापक प्रेमनारायण भण्डारी, आदर्श बोर्डिङ्ग हाईस्कुलका प्रिन्सिपल भागतसिंह खड्का लगायत  सहभागी  थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!