हिंसा र दुर्व्यहार अन्त्य गर्न युवाहरुको माग

Posted on: 15 Apr, 2018

वैसाख २, काठमाण्डौं । सार्वजानिक स्थानमाहरुमा किसोरी तथा महिलाहरुमाथि हुने हिंसा र दुव्र्यवहार अन्त्यका लागि युवाहरुले सरकारसँग माग गरेका छन । 


लैङ्गिक हिंसा अन्त्य गर, महिलाहरुको शरिर सार्वजानिक स्थल होईन, महिला दुव्र्यवहार अन्त्य गर, वलत्कृत हुन महिला सडकमा हिडेका होईनन, समाजले वलत्किृत नहुनु भन्ने सिकाउछ तर वलत्मकार नगर्नु भन्ने सिकाउदैन भन्ने नाराका साथ आज काठमाण्डौको माइतिघर मण्डलामा युथ एड्भोकेसी नेपाल, होम नेट नेपाल, एक्सन एड नेपाल, महिला एकता समाज, राष्ट्रिय महिला अधिकार मंच र फिमेल युथ नेपालले आयोजना गरेको १ घण्टे “सडक दुव्र्यवहार र हिंसा विरुद्धको प्रर्दशन”मा उक्त माग गरेको हुन । 


सार्वजानिक स्थलहरुमा भएका दुव्र्यहार र हिंसाहरु गम्भिर मानवअधिकार उल्लङ्गन भएकोले यस्को अन्त्यका लागि युवाहरुले निरन्तर खवरदारी गर्नु पर्ने प्रर्दशनका संयोजक तथा युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले वताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!