घोराही सिमेन्ट उद्योगद्वारा ५४ लाख सहयोग

Posted on: 17 Apr, 2018

वैशाख ४ दाङ | घोराही सिमेन्ट उद्योगले यहाँका स्थानीय निकायलाई रु ५४ लाख १६ हजार सहयोग गरेको छ । 

उद्योगले शिक्षा, स्वास्थ्य, खानेपानी र सडकको क्षेत्रको विकासका लागि गाउँपालिका र वडालाई सो रकम सहयोग गरेको हो । 

उक्त उद्योगले बंगलाचुली गाउँपालिकालाई रु २८ लाख ६६ हजार, घोराही–४ लाई रु २५ लाख ५० हजार सहयोग गरेको छ । सिमेन्ट उद्योगले विभिन्न विकास निर्माणका लागि स्थानीयवासीले गाउँपालिका र वडा कार्यालयमार्फत सहयोगका लागि आग्रह गरेअनुसार उक्त सहयोग गरेको सिमेन्ट उद्योगका जनसम्पर्क अधिकृत अमर सुवेदीले बताउनुभयो ।रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!