राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना गोरखाका आकाश परियारको अभिभावक

Posted on: 18 Apr, 2018

वैशाख ५,पोखरा। राष्ट्रियस सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गाेरखाका ५ वर्षीया आकाश परियारलाई विद्यालय भर्ना गर्नुभएको  छ। 

दुई वर्षभित्र सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने सरकारको अभियान अन्तर्गत अध्यक्ष तिमिल्सिनाले बाल्यकालमै बाबू गुमाएका आकाशलाई पोखरा-५ पर्स्याङस्थित धर्मस्थली आधारभूत विद्यालमा भर्ना गर्दै स्कूले शिक्षाको  अभिभावक बन्नुभएको हो। 

आमा  रिता परियारसँगै आएका आकाशलाई पाठ्यपुस्तक, पोशाक लगायतका शिक्षण सामाग्री हस्तान्तरण गर्दै उहाँले आकाशलाई विद्यालय तहसम्मको  शिक्षाका लागि आफ्नो सहयोग  रहने बताउनुभयो ।

"बच्चाको  बुवा-आमा त चाहेर पनि हुन सक्दिन तर, अभिभावकले पूरा गर्नुपर्ने शिक्षादिक्षा दिने जिम्मेवारी म पूरा गर्छु," उहाँले भन्नुभयो, "सबै बालबालिकालाई विद्यालय पुर्‍याउने सरकारको  योजना सबै मिलेर पूरा गर्नुपर्छ ।"यही चैतमा आफ्नो  बाबू सुनील परियार गुमाएका आकाश  पाखरामा तीन दिदी र आमासंगै बस्दै आएका छन्। आमाले मजदुरी गर्दै तीन दिदी र उनलाई हुर्काउदै आएकी थिइन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!