कार्प मकवानपुर र तङ ईल मो दो मार्सल आर्टमा सहभागी युवाले गरे वृद्धाश्रमलाई सहयोग

Posted on: 20 Apr, 2018

मकवानपुर, ७ बैशाख । पछिल्लो समय मकवानपुरमा विशेष गरि युवालाई नैतिकवान बनाउने तथा युवा विचलनलाई रोक्न अग्रसर युवाहरुको संस्था सिद्दान्त अनुसन्धान महाविद्यालय संघ (कार्प) मकवानपुर शाखाले सहयोग कार्यक्रमलाई निरन्तरता दिएको छ । संस्थाले शुक्रबार तङ ईल मो दो एकीकृत मार्सल आर्टको १२० दिने तालिममा सहभागी युवाहरुसँग मिलेर हेटौँडा २ चौकीटोलमा रहेको ओम वृद्धाश्रममा सहयोग गरेका छन् ।

सहयोगी टोलीले २ बोरा चामल, १ कार्टुन तेल, २ कार्टुन चाउचाउ र फ्रुटी १ कार्टुन सहयोग गरेका हुन् । आज एक कार्यक्रमकाबिच कार्प मकवानपुरका संयोजक सुवाश लामाले ओम वद्धाश्रम संचालक समितिका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई सहभागी युवाहरुकामाझ सहयोग हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले युवाहरुको सहयोगी कार्यमा लागेको भन्दै खुशी व्यक्त गरेका छन् । आफुहरुले सकेको सहयोग गर्न पाउँदा निकै नै खुशी लागेको युवाहरुले बताएका छन् । युवाहरुको नेतृत्व गर्दै सामाजिक कार्यमा आगामी दिनमा पनि आफुहरु एकजुट भएर अघि बढ्ने संयोजक लामाले बताएका छन् ।

यस अघि नै कार्प मकवानपुरसँग आवद्ध युवाहरुले कार्प मकवानपुरको आयोजनामा सञ्चालित ५ दिने सेमिनारमा सहभागी युवाहरुको समूहसँग मिलेर मामाघर नेपालमा खाद्यान्न सयोग गरेका थिए । कार्प मकवानपुरले युवावर्गमा भएका विभिन्न विचलनमा सुधार ल्याउने र युगले सुम्पेको युगीन दायित्व पूरा गर्न युवाहरुलाई शसक्तीकरण गर्ने उद्देश्यले चेतनामूलक, शिक्षामूलक एवं सेवामूलक विविध कार्यक्रम, सेमिनार र गोष्ठी  देशव्यापी रुपमा संचालन गर्दै आईरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!