प्रमुख निर्वाचन आयुक्तको घरमा विष्फोट

Posted on: 22 Apr, 2018

वैशाख ९, काठमाडौँ | ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घरमा शंकास्पद वस्तु विस्फोटन भएको छ । 

अज्ञात समूहले गराएको भनिएको उक्त विष्फोटनबाट कुनै मानवीय क्षति भने नभएको नेपाल प्रहरीले जनाएको छ । 

विष्फोटबाट पर्खाल भत्किनुका साथै झ्यालका सिसा फुटेका छन् । घटनास्थलमा थप दुई शंकास्पद वस्तु भेटिएकाले नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको महानगरीय प्रहरी कार्यालय, ललितपुरले जनाएको छ ।  रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!