बनेपामा पोखरीमा डुबिरहेको अवस्थामा शव फेला

Posted on: 24 Apr, 2018

वैशाख ११ बनेपा | बनेपा नगरपालिका–८ नेपाल विद्युत् प्राधिकरण चोक नजिकैको पोखरीमा आज बिहान एक शव फेला परेको छ । 

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपा नगरपालिका–१ राय गाउँका अन्दाजी ४०÷४५ वर्षीय धनबहादुर मिजारको पोखरीमा डुबिरहेको अवस्थामा शव फेला परेको हो । शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!