मकवानपुरमा सवारी दुर्घटनामा परि एक गम्भिर घाइते

Posted on: 24 Apr, 2018

वैशाख ११ मकवानपुर | हेटौडा उपमहानगरपालीका वडा नं ७ न्युरेनीमा आज विहान ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक गम्भिर घाइते भएका छन् । सिमेन्ट बोकेर हेटौडा आउदै गरेको ना ७ ख ७९५६ नम्वरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको ना ९ प  ८२५७  नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल  चालक हेटौडा १ लालझाडीका ३१  बर्षीय बालकृष्ण दाहाल गम्भिर  घाइते भएको प्रहरीले जनाएको छ। चालकले  बोकेको  कागजातको आधारमा विवेक चौलागाइ गम्भिर घाइते भनिएकोमा आफन्तकाको पहिचानपछि घाइते बालकृष्ण दाहाल  रहेको पुष्टी भएको प्रहरीले जनाएको छ। घाइते दाहालको चुरेहील अस्पतालमा उपचार भइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!