आफ्नै सहोदर दाजुद्धारा वालात्कृत चेली विपदमा

Posted on: 25 Apr, 2018

प्रेम सुनार/वैशाख–१२ गुल्मी।आज भन्दा ठिक एक महिना अघि  गुल्मीको धुर्कोट वस्तु स्थित घरमा आफ्नै सहोदर दाजु द्धारा १६ वर्षिय  ए नाम परिवर्तन वलात्कृत भएकी थ्ईिन । चैत्र १२ गतेका दिउँसो तिन बजेको समयमा वलात्कृत भएकी उनले दोश्रो दिन प्रहरीमा आई खुलासा गरेकी थिईन् ।

आफ्नै दाजुद्धारा जवरजस्ती करणीको मुद्धा जिल्ला प्रहरी कार्यालय मार्फत अदालतमा दायर गरेकी थिईन । मुद्धा दायर गरेर निज दाजु पुर्पक्षका लागि कारागार चलान भए पछि  घर परिवारले दाजुलाई जेल हालिस भन्दै घरमा वस्न खान नदिएको र आफु अध्यय  गर्नबाट बञ्चित हुने अवस्थामा आई पुगेको ति किशोरीले बताईन् ।

मुद्धा दिन सघाउ गरेका ठुला दाजुले समेत अहिले सर्पोट गर्न छाड्नु भयो , बृद्ध आमा आफै विरामी हुनुहुन्छ म तम्घासमा बसेर कक्षा ९ मा पढ्दै आएकी थिएँ , अहिले त स्कुल फि समेत बुझाउन नसकेर वसेकी छु , सवैबाट सहयोग नभए मैले स्कुल छाड्नु पर्नेभयो ।

जिल्ला  प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीका अनुसार निज वलात्कारी दाजु पुर्पक्षका लागि कारागार थुनामा परेका छन् ।

निजलाई कडा भन्दा कडा  सजाएको माग गर्दै यहाँका विभिन्न महिला संगठनहरुले जिल्ला प्रशासनमा डेलिगेशन समेत गएका थिए । वहिनी वलात्कृत वहिनी त्यस घरकी कान्छि हुन भने त्यस दाजु माईलो हो ।

त्यस अघि पनि निजले उनको शरिर सुम्सुमाउने र वलात्कारको प्रयास गर्ने गरेको ति वहिनीले बताएकी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!