नुवाकोटमा नहरमा डुबेर एकको मृत्यु

Posted on: 26 Apr, 2018

वैशाख १३ नुवाकोट | विदुर नगरपालिका–१२ चारघरेका अनन्तप्रसाद अधिकारीको देवीघाट जलविद्युत् गृहमा ल्याएको पानीको नहरमा डुबेर मृत्यु भएको छ । 

७७ वर्षका अधिकारी बुधबारदेखि हराएकोमा खोजी गर्ने क्रममा नहरमा डुबेर मृत्यु भएको अबस्थामा आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिनुभयो । 

शवको परीक्षण गरी परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । जलविद्युत् केन्द्रमा ल्याएको पानीको नहर खुला हुँदा दुर्घटना हुनेक्रम बढ्दै गएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!