डडेल्धुरामा सवारी दुर्घटनामा परि एकको मृत्यु

Posted on: 27 Apr, 2018

वैशाख १४ डडेल्धुरा | धनगढीबाट बाजुरा गइरहेको स्कारपियो गाडीले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई डोटीको बुडरमा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

डोटीको बुडरमा कुखुरा फार्ममा कार्यरत१९ वर्षका हर्कबहादुर विष्टको स्कारपियो गाडीको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको बुडर प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभएको छ । 

कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको बा १६ च ८७८२ नं को स्कारपियो गाडीले से १ प ७७०५ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राजेश विष्टको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुडरका प्रहरी सहायक निरीक्षक हर्कबहादुर साउदले जानकारी दिनुभयो । 

आज बिहान इस्कारपियोले मोटरसाईकललाई ठक्कर दिएको बताइएको छ । स्कारपियो चालकलाई नियन्त्रणमा लिई थप छानबिन भइरहेको प्रहरीले जनाएको छ | रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!