मकवानपुरमा सिण्डिकेट पक्षधर यातायात व्यवसायीहरु यातायात ब्यवस्था कार्यालयमा

Posted on: 29 Apr, 2018

वैशाख १६, मकवानपुर | यातायात व्यवस्था कार्यालय हेटौंडामा सिण्डिकेट पक्षधर यातायात व्यवसायीहरुले घेराउन गरेपनि नागरिकका काममा भने कुनैपनि समस्या भएको छैन । 

आम नागरिकलाई सिण्डिकेट लाद्न पाउनुपर्छ भन्दै यातायात ब्याबस्था कार्यालय हेटौंडामा घेरेर कामै रोक्न खोजेका ब्याबसायीलाई प्रहरीले कार्यालयमा काम बाधा पुर्याउन नदिएपछी नागरिकका काममा कुनै समस्या नभएको हो । सिण्डिकेट लगाउन पाउनुपर्छ भन्दै नारायणी यातायात ब्याबसायी संघ हेटौंडाका पदाधिकारी, अरु यातायात संस्थाका पदाधिकारीहरु सहित कार्यालय घेराउमा गएका थिए । तर नागरिकको काममा कुनैपनि रोकावट नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक दिलीपराज झाले बताउनुभयो । 

यता आफुहरुको केन्द्रीय आन्दोलनका कायृक्रम अनुसार कार्यालय घेराउ कार्यक्रम सफल भएको नारायणी यातायात ब्याबसायी संघ हेटौंडाका निबर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाईले बताउनुभयो । सिण्डिकेट धारीको उक्त प्रदर्शनलाई लक्षित गरी धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । यातायात व्यवसायीहरुको चरणबद्ध आन्दोलनका कार्यक्रम अनुसार यातायात व्यवसायीहरुले अब २१ गते आफ्नो-आफ्नो गाडीहरुलाई घर ग्यारेजमा थन्क्याउनेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!