कैलालीमा मोटरसाइकल दुर्घटनामा परि १ को मृत्यु

Posted on: 30 Apr, 2018

वैशाख १७ कैलाली | धनगढी उपमहानगरपालिका–३ बोराडाँडीमा गएराति से३प ३६३५ नंको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने धनगढीको उत्तरबेहडी–४ का २७ वर्षीय अशोक पाण्डेको गएराति करीब ९:०० बजेतिर धनगढी चौराहबाट घर जाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

मृतक पाण्डेले चलाएको मोटरसाइकल अनियन्त्रित भई र्दुघटना हुँदा मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 

मृतक पाण्डेको शव परीक्षणका लागि सेती अञ्चल अस्पतालमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!