इलाममा ७९ बर्षकी वृद्धाको सामुहिक बलात्कार, जिब्रो समेत काटिदिए

Posted on: 30 Apr, 2018

वैशाख १७, काठमाडौं । इलामको रोङ गाउँपालिका-१, शान्तिपुरमा ७९ वर्षीया वृद्धाको सामूहिक बलात्कार भएको छ । उनलाई गएराति ११ बजे अज्ञात व्यक्तिको समूहले बलात्कार गरेको हो ।

बलात्कारपछि वृद्धाको जिब्रो समेत काटिदिएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ । प्रहरी नायब उपरीक्षक रमेश बस्नेतका अनुसार अहिले अनुसन्धानका लागि एक जना प्रहरी निरीक्षक नेतृत्वको टोली शान्तिपुरतर्फ गएको छ ।

पीडित वृद्धालाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा ल्याइएको छ । बृद्धालाई सोमबार रातिनै हस्पिटल लगेर आकष्मिक कक्षमा उपचार गराईएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!